आईतवार, फाल्गुन ११,२०८१ 12:13:28
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 12:13:28
IME remit
Global IME Bank Limited

बुलमा धराप थापेर एचआईडिसीएल(पी)को मूल्य वृद्धि, नबिकेको हकप्रदबाट करोडौं कमाउने दाउ

Hyundai Nepal
बुलमा धराप थापेर एचआईडिसीएल(पी)को मूल्य वृद्धि, नबिकेको हकप्रदबाट करोडौं कमाउने दाउ
Nabil Bank Limited

काठमाण्डौ । जब सेयर बजारमा बुलिस सेन्टिमेन्ट सुरु हुन्छ, तब राम्रादेखि नराम्रा कम्पनीसम्मको मूल्य अपत्यारिलो गरी बढ्छ । नेपाली बजारमा त झन् यो पटकको बुलको सुरुवातलगत्तै वित्तीय रुपमा कमजोर कम्पनीहरुको मूल्य धमाधम बढिरहेको छ ।  

बुलको बाढी आएको समय यस्तो बेला हो, जहाँ सामान्य लगानीकर्ताहरुलाई खेलाडीहरुले जसरी र जहिले पनि फसाइदिन्छन् । बुलको ट्रयाप(धराप) थापेर आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको भीड पनि बढ्दो बजारमा कमी हुँदैन । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तो बेलामा आईपीओ बिक्री गर्नेहरुले महङ्गो मूल्य भिडाएर आफ्नो स्वार्थ पूरा गर्न सहजै पाउँछन् भने नबिकेको सेयरहरु सहजै बिक्री हुन्छन् । अरुबेला नबिकेका लाखौं र करोडौं कित्ता सेयर पनि यही बेलामा संस्थापकहरुले बेचेर आफ्नो स्वार्थ पूर्ति गर्ने गर्छन् ।  

पछिल्लो समय हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डभेलपमेन्ट कम्पनी लिमीटेड(एचआईडिसीएल)को संस्थापक सेयर महङ्गो मूल्यमा सल्टाउनका लागि सुनियोजित ढंगले यो कम्पनीको मूल्यमा धराप थापिएको पाइएको छ ।  

यो कम्पनीका संस्थापक र सञ्चालकहरुको मिलेमतोमो बजारका केही अपरेटर(खेलाडी)हरुको सहयोग लिएर एचआईडिसिएल(पी)को मूल्य अस्वभाविक रुपमा बढाइएको स्रोतको दाबी छ ।  

यो कम्पनीले आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण समेत साउन २८ गते प्रकाशित गरिसकेको छ । यो कम्पनीको वित्तीय विवरणमा कुनै खास उल्लेख्य प्रगति छैन, जसका कारण यो कम्पनीको सेयरमूल्य रकेटको गतिमा बढोस् । चुक्तापूँजी २२ अर्ब ८३ करोड रहेको यो कम्पनीले चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ३७ करोड थियो । जसका कारण अघिल्लो वर्ष ६ रुपैयाँ ४ पैसा रहेको प्रतिसेयर आम्दानी सामान्य बढी ६ रुपैयाँ ३५ पैसा भएको छ ।  

अघिल्लो वर्ष ११०.२६ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ ११३.९५ रुपैयाँ पुगेको छ ।  

यो कम्पनी अझै पनि ७ अर्ब २७ करोड ऋणमा छ ।  

कम्पनीको सातौं वार्षिक साधारणसभाबाट निर्णय भएबमोजिम जारी गरिएको हकप्रद सेयरमध्ये संस्थापक समूहतर्फको अबितरित ३ करोड ३० लाख कित्ता हकप्रद सेयरमध्ये १ करोड ६८ लाख ५९ हजार ५० कित्ता बिक्री हुन बाँकी छ । बिक्री नभएको यो सेयर लिलाम बढाबढको प्रक्रियाबाट बिक्री गर्ने र यही बाहानामा अतिरिक्त आम्दानी गर्ने योजनाअनुसार एचआईडिसिएलको संस्थापक सेयरको दोश्रो बजारमूल्य पनि बढाइएको हो ।  

एचआईडिसीएलले नबिकेको संस्थापक सेयर जोकोही व्यक्ति, संस्था वा कम्पनीले समेत खरीद गर्न पाउने गरी लिलाम बढाबढबाट गोप्य शिलबन्दी पेश गर्न आह्वान भइसकेको छ । भदौ ६ गतेभित्र नबिकेको संस्थापक सेयरका लागि आवेदन दिन सकिनेछ ।

ठीक यही बेला, दोश्रो बजारमा एचआईडिसिएलको संस्थापक सेयरको मूल्य ह्वात्तै बढाइएको छ । आज(बिहीबार) पनि एचआईडिसिएलको संस्थापक सेयरको मूल्य ९.५१ प्रतिशतले बढाएर प्रतिकित्ता १९७ रुपैयाँ पुर्याइएको छ ।  

एकमहिनाअघि मात्रै एचआईडिसिएलको संस्थापक सेयरको मूल्य प्रतिकित्ता रु. १०२ मा सीमित थियो । यसरी नबिकेको संस्थापक सेयर बिकाउने बेला पारेर यो सेयरको मूल्य सुनियोजित ढंगले झण्डै सतप्रतिशत बढाइसकिएको छ ।  

कम्पनीलाई के हुन्छ फाइदा ?

बोलकबोलबाट संस्थापक सेयर बिक्री गर्ने भनिएको सूचनामा न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तर, जसले सबैभन्दा राम्रो मूल्यको बोली लगाउँछ, उसैले सेयर पाउने व्यवस्था हुन्छ ।  

कम्पनीका एक उच्च अधिकारीले आफूहरुले दोश्रो बजारमूल्य नै २०० नजिक पुगिसकेकोले प्रतिकित्ता १६० रुपैयाँसम्मको आवेदन आउने र कम्पनीलाई प्रतिकित्ता बराबर ६० रुपैयाँ अतिरिक्त लाभ प्राप्त हुने हिसाबकिताब गरिएको दाबी गरे ।  

ती अधिकारीकाअनुसार ६० रुपैयाँ एउटा सेयरबाट प्रिमियमको रुपमा आएमा कम्पनीले १ अर्ब बढी अतिरिक्त आम्दानी गर्नसक्छ । प्रिमियमबाट उठेको रकमले कम्पनीका विभिन्न दायीत्व पूरा गर्नेदेखि लिएर सेयरधनीलाई लाभांशको रुपमा वितरण गर्न समेत मिल्छ ।  

यही विषयलाई लगानीकर्तामाझ हल्ला फैलाएर एचआईडिसीएलको साधारण सेयरको मूल्य समेत ह्वात्तै बढाइएको छ । साधारण सेयरको मूल्य भने एकमहिनाअघि प्रतिकित्ता १७५ रुपैयाँ हाराहारीमा थियो, जुन बिहीबारसम्म बढेर ३४४ रुपैयाँ पुर्याइएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.