काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा २० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७२ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ५२ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्यत बिक्रीमाफर्त ९७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ अर्ब १८ करोडको तुलनामा १७.४४ प्रतिशतले कम हो । कम्पनीले ८९ लाख ६ट हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च ३ करोड ४३ लाख रुपैयाँ र वित्त खर्च २६ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको चुक्तापूँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९६ करोड २२ लाख र कुल चालु दायित्व ४१ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७३.१९ गुणा र तरलता अनुपात २.३० प्रतिशत कायम भएको छ ।