सोमबार, असार २,२०८२ 10:39:41
  • सोमबार, असार २,२०८२ 10:39:41
Global IME Bank Limited

आम्दानी घटेसँगै सिंगटी हाईड्रोको घाटा बढ्यो, दीर्घकालिन कर्जा ३.५९ अर्ब

Hyundai Nepal
आम्दानी घटेसँगै  सिंगटी हाईड्रोको घाटा बढ्यो, दीर्घकालिन कर्जा ३.५९ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । आम्दानी घटेसागै सिंगटी हाईड्रोपावर लिमिटेडको घाटा बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ६ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा २१.२२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ५ करोड ७० लाख रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्री आम्दानी ३७.८३ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड ३० लाख कमाएको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ३५ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको प्रशासनिक र अन्य साधारण खर्च १ करोड ६८ लाख र ब्याज खर्च ८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।  

चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको सञ्चित मुनाफा २९ करोड ९५ लाख रुपैयाँल. ऋणात्मक अवस्थामा छ । यो अवधिसम्म कम्पनीको दीर्घकालिन कर्जा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । ११ करोड १० लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व २ लाख ६० हजार रुपैयाँ मात्रै छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०६ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९७.६७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.