सोमबार, असार २,२०८२ 11:17:32
  • सोमबार, असार २,२०८२ 11:17:32
Global IME Bank Limited

मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, अन्य वित्तयि सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
मकर जितुमाया सुरीको घाटा ६८.०८% ले घट्यो, अन्य वित्तयि सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३६ लाख ६० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.०८ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड १४ लाख घाटा व्यहोरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत १६ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले सर्भिस कन्सेसन एग्रिमेन्टबाट ५० करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको कर्मचारी खर्च ५९ लाख १४ हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च १ करोड १० लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार ५ करोड ३८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ३१ लाख र कुल चालु दायित्व ५ करोड ८३ लाख रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४८१७ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९२.९१ रुपैयाँ र रिर्टन अन इक्विटी ०.५१ प्रतिशत ऋणात्मक कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.