काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५.३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४.६९ प्रतिशतले घट्दै १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको खराब कर्जा अनुपात १.८४ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ । संस्थाले कर्मचारी खर्च ४ करोड ८० लाख र अन्य सञ्चालन खर्च ९६ लाख १४ हजार रुपैयाँ गरेको छ ।
संस्थाको निक्षप संकलन ५७ करोड ९९ लाख रुपैयाँबाट घटेर ४८ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै कर्जा प्रवाह पनि २ अर्ब ५० करोडबाट घटेर २ अर्ब ५ करोड रुपैयाँ सीमित भएको छ । रिटेन्ड अर्निङ २० लाख ८० हजार रुपैयाँ रहेको संस्थाको रिजर्भ ६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १४.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५१३.८९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.७३ गुणा र तरलता अनुपात ७.८४ गुणा कायम भएको छ ।