बुधबार, चैत्र २०,२०८१ 01:07:33
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:07:33
IME remit
Global IME Bank Limited

पैसा नभएको भए.........!

Hyundai Nepal
पैसा नभएको भए.........!
Nabil Bank Limited

काठमाण्डौ। पैसा खासमा त केही होइन। कागज न हो। एउटा अवोध बच्चालाई वा कुनै वैरागीलाई त्यसको कुनै पर्वाह छैन। खाली हात आइन्छ, खाली हात गइन्छ, सबैलाई थाहा छ तर बाँचुन्जेल पैसा जिन्दगी छ। वास्तवमा पैसा बिना मानिस एक पल पनि बाच्न सक्दैन। यहाँ मानिसका सबै काम कर्तव्यहरु पैसाले नै गरिरहेको छ।

हुन त पैसा एउटा कागज जस्तै देखिने चिज हो तर त्यो कागज जस्तो देखिने चिज हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। मानिसले पैसाको लागि जे-जस्ता कामहरु पनि गरिरहेका छन्। पैसा धेरै महँगो छ जसलाई कमाउन धेरै पसिना बगाउनुपर्छ।

एक्कासी एक ट्रक पैसा भेट्नुभयो भने के तपाई के गर्नुहुन्छ ? पक्कै पनि एकछिन त मस्तिष्कले नै काम गर्न छोड्छ होला। किनभने यत्तिका पैसा के गर्ने ? भनेर केही आइडीया नै आउँदैन होला। जब तपाईं हतार–हतार सो पैसा उठाएर भएभरको झोलामा कोच्न थाल्नुहुन्छ, कसैले हठात तपाईंको कठालो समाउँछ। निद्रा भंग हुन्छ। ब्युँझिनुहुन्छ। पैसा फेला परेकै बखत निद्राबाट उठ्नुपर्दा कस्तो हुन्छ ?

तपाईंलाई खुसी लाग्नेछैन। विस्मात् हुनेछ। अनि आफैंसँग भन्नुहुनेछ, ‘धत्, कस्तो ब्युँझिएछु ।’ तपाईंलाई के लाग्छ भने त्यस क्षण नब्युँझिएको भए पनि हुन्थ्यो। सपनामा सही, अथाह पैसा छाड्नुपर्दा कताकता दुःख लाग्नेछ। अघिल्तिर जतिसुकै पैसा थुपार्नुहोस्, त्यसले उनीहरुलाई कुनै खुसी, उमंग दिनेछैन। तर आम मान्छे शान्त र स्थिर हुनेछैन, जब उनको सामुन्न पैसाको थुप्रो लगाइनेछ। पैसाले उनीहरुलाई अनौठो ढंगले सम्मोहित गर्नेछ।

आखिर पैसामा त्यस्तो के छ ? किन पैसा देख्दा मान्छेको मन फुरुंग हुन्छ ? यो मान्छेको मनोविज्ञानसँग जोडिएको प्रश्न हो । पैसाप्रति मान्छे यसकारण आकर्षित छन् कि त्यसले उसका आवश्यक्ताहरु पूरा गर्ने सामर्थ्य राख्छ। हो, पैसामा शक्ति हुन्छ, क्रयशक्ति। त्यही शक्तिको आडमा पैसाले दुनियाँलाई आफूतिर आकर्षित गरेको छ। त्यसैले त भन्ने गरिन्छ, ‘पैसा देखेपछि त शिवजीको पनि तीन नेत्र खुल्छ।’ ‘पैसाको मुखै कालो।’ ‘छ पैसा छनछनी, छैन पैसा हनहनी।’ ‘पैसाकै लागि आफ्नो बिरानो।’

जब मान्छेले पैसा चिन्न थाल्छ, त्यसप्रति उसको लगाव बढ्दै जान्छ। अनि पैसा कमाउने मोलोमेसो खोज्न थाल्छ। पढ्छ, जागिर खान्छ, उद्यम व्यवसाय गर्छ, अनेक गर्छ। पैसा कमाउँछ। तर कति पैसा भएपछि मान्छेलाई पुग्छ रु यो अन्त्यहीन प्रश्न हो। मान्छेलाई पैसाले पुग्दैन। जति कमाए पनि। जीवनलाई सुविस्तासँग बिताउनका लागि मान्छेले पैसाको जोहो गर्छ। 

Shivam Cement
Bizshala
CG Motors

पैसा भएपछि मान्छेले दाल–चामल किन्न सक्छ। लुगाफाटो किन्न सक्छ। घर बनाउन सक्छ। गाडी जोड्न सक्छ। सन्तानलाई पढाउन सक्छ। औषधि उपचार गर्न सक्छ। खुलेर चाडपर्व मनाउन सक्छ। विन्दास घुमफिर गर्न सक्छ। मनोरञ्जन गर्न सक्छन्। अरु धेरै धेरै कुरा गर्न सक्छन्। कतिसम्म गर्न सक्छ भने अरुको समय, श्रम, उमेर आफ्नो हितमा प्रयोग गर्न सक्छन्।

त्यसैले मान्छे जतिसक्दो पैसा थुपार्ने यत्नमा रहन्छन्। तर पैसाको प्रवृत्ति के हो भने यो कसैसँग सधैंभर रहिरहँदैन। आज मेरो खल्तीमा भएको पैसा भोलि अर्कोको हातमा हुन्छ। यसरी पैसा एउटा हातबाट अर्को हातमा सरिरहन्छ। 

आज मेरो खल्तीमा भएको पैसा अघिसम्म मासु पसलेको हातमा हुनसक्छ, व्यापारीको हातमा हुन सक्छ, कर्मचारीको हातमा हुन सक्छ, बिरामीको हातमा हुनसक्छ वा चोर वा अपराधीको हातमा पनि हुन सक्छ । यसरी पैसा एक हातबाट अर्को हातमा सरिरहने भएकाले यो जीवाणुको घर पनि बन्ने गर्छ।

पैसामा कति जीवाणु हुन्छ भनेर विश्व एवं नेपालमै पनि पटक–पटक अध्ययन भएको छ। त्यसको साझा निचोड छ, पैसामा तीन हजार भन्दा बढी प्रकारका जीवाणु हुन्छ। यस हिसाबले पैसालाई ‘अत्यन्तै फोहोरी वस्तु’ पनि भनिन्छ। तर पैसाले पनि अहिले आफ्नो स्वरुप र संयन्त्रमा फड्को मारिसकेको छ। यो डिजिटलाइज्ड हुँदै गएको छ।

पैसा नभएको भए ? 

आखिर जे भए पनि पैसा जीवनको एक अनिवार्य हिस्सा हो। पैसा नहुँदो हो त के हुन्थ्यो रु यो सोचनीय विषय हो। साँच्चै पैसाको प्रचलन नहुँदो हो, यसको मूल्य तोक्ने विश्वव्यापी वित्तीय सिद्धान्त नहुँदो हो, यसलाई परिचालन गर्ने बैंकिङ प्रणाली नहुँदो हो। अर्थात् पैसा फगत कागजको खोस्टा हुँदो हो। 

तब के हुन्थ्यो ?

सहज अनुमान गर्छ सकिन्छ, वस्तु विनिमय नै जीवनयापनको माध्यम बन्ने थियो। लेकका मान्छेले उत्पादन गरेको आलु, तराईका चामलसँग साट्नुपर्ने हुन्थ्यो। एक किलो घिउसँग कति किलो मह साट्ने भन्ने तय गर्नुपर्ने हुन्थ्यो। यो सत्य हो, जतिबेला पैसाको प्रचलन सुरु भएको थिएन त्यसबेला वस्तु विनियम गरिन्थ्यो।

कृषियुगमा, जतिबेला बजारको अवधारणा आइसकेको थिएन, त्यसबेला मान्छेहरु आफूले जे भेट्छ, जे फलाउँछ त्यही खाएर गुजारा गर्थे। तर समय क्रममा मान्छेको आवश्यक्ता र आकांक्षाको दायरा बढ्दै गयो। उनीहरुलाई यस्ता कुराको अभाव महसुष हुन थाल्यो, जो आफूसँग छैन। आफूसँग नभएपछि अरुबाट लिनुपर्‍यो। यसका लागि सामान आदानप्रदान गर्नुपर्ने भयो। यसरी सट्टापट्टा प्रणाली विकास भयो।

हामी वस्तुको मूल्य पैसाले निर्धारण गर्छौं। अर्थात् कति रुपैयाँको बिस्कुट, कति रुपैयाँको काँक्रो, कति रुपैयाँको टिसर्ट, कति रुपैयाँको ल्यापटप, कति रुपैयाँको औंठी, कति रुपैयाँको घर ? तर पैसाको पनि आफ्नै मूल्य हुन्छ। प्रारम्भिक चरणमा पैसालाई ‘मूल्य’मा जोडिएकै कारण यसमा क्रयशक्ति आयो। पैसाको मूल्य नहुँदो हो त यसमा कुनै शक्ति हुँदैनथ्यो।

इसापूर्व छैठौं सताब्दीको मध्यतिर प्राचिन ग्रीसले ड्राचमा नामको चाँदीको सिक्का निकालेको थियो। ग्रीक भाषामा लेखिएको ड्राचमाको अर्थ अठ्याउनु वा प्राप्त गर्नु हो। यसको सुरुको मूल्य एक मुठी तीर वा वाण बराबर भन्ने बुझिन्थ्यो। यसैगरी रोमन गणतन्त्रले सुरुमा निश्चित तौलका काँसलाई विनिमय प्रणालीमा ल्याएको थियो। तर सुरुवाती सिक्का अलि भद्दा र गह्रौं थियो। पछि समयानुकूल त्यसलाई छरितो बनाउँदै लगियो । सुरुमा धातुको तौलको आधारमा मूल्य निर्धारण गरिएपनि विस्तारै धातुको मूल्यभन्दा सिक्काको मूल्य बढी तोकिन थालियो।

र, आजको मितिसम्म आइपुग्दा पैसा एक मूल्यवान वस्तुमा दरियो। बजारले निर्धारण गर्ने क्रयशक्तिको आधारमा अहिले पैसाको मूल्य तलमाथि हुन्छ। कुन पैसाको मूल्य कति भन्ने कुरा सम्बन्धित मुलुको अर्थव्यवस्थामा निर्भर हुन्छ। त्यसैले डलर र हाम्रो नेरुको मूल्य एकसमान छैन। भारु र हाम्रो नेरुको मूल्य उस्तै छैन।

हरेक देशको केन्द्रीय बैंक अन्तर्गत पैसाको मूल्य र परिचालनको संयन्त्र तय गरिन्छ । जस्तो, नेपालको राष्ट्र बैंक । सरकारले आफ्नो लगानीमा स्थापना गरेको यो एक संस्था हो, जसले पैसाको विनियमन गर्छ।

के जति पनि पैसा छाप्न मिल्छ ?

मान्छेको खल्तीभरि पैसा, उत्ति नै बैंक मौज्दात हुँदो हो त कति ढुक्क हुन्थ्यो होला । सबै सम्पन्न हुन्थे। पुगिसरी हुन्थे । त्यसो भए राज्यले धेरैभन्दा धेरै पैसा किन छाप्दैन ?

खासमा पैसा त्यसरी मनोमानी ढंगले छाप्न पाइँदैन, सकिंदैन। हो, एकदमै संकटको क्षणमा राज्यले यस्तो काम पनि गर्छ। अर्थात् धेरै पैसा छाप्न सक्छ। जस्तो युद्धको चरम स्थितिमा, संकटले तहसनहस भएको क्षणमा । यो एकदमै आपतकालीन अवस्थाको कुरा हो ।तर सामान्यतया राज्यले पैसा छाप्ने आफ्नै प्रणाली हुन्छ। यसको जिम्मेवार निकाय, राष्ट्र बैंक हो।

 बैंकको नोट विभागबाट पैसा कति छाप्ने, कहिले छाप्ने भन्ने टुंगो गरिन्छ। उनीहरुले पनि यो कुराको टुंगो यस आधारमा गर्नुपर्ने हुन्छ कि, राज्यसँग मौज्दात सम्पति कति छ रु सुन, चाँदी वा विदेशी मुद्रा कति छ रु सोही आधारमा नयाँ नोट छाप्न पाइन्छ। राष्ट्र बैंकले साढे तीन वर्षको लागि आफूलाई पुग्नेगरी पैसा राखेको हुन्छ। यी पैसा राज्यमा विभिन्न रुपले परिचालित हुन्छ । विभिन्न कारणले जब पैसा अपुग हुन्छ, तब थप पैसा छाप्नेबारे राष्ट्र बैंकले निर्णय गर्छ।

एउटा पैसा छाप्न कति खर्च हुन्छ ?

तपाईं एउटा नोट लिएर हेर्नुहोस्। त्यसमा राखिएका अंक, संकेत, चित्र र रंगहरु हेर्नुहोस् । ती पैसाको सुरक्षा संयन्त्र हुन्। एउटा कागजको खोस्टो र पैसाको मूल्य किन उस्तै हुन्न रु तपाईंले जवाफ पाउनुहुनेछ। पैसालाई आफ्नो आवश्यकता पूरा गर्न त प्रयोग गर्नु नै पर्छ, भोलिको सुनौलो भविष्यका लागि सञ्चय गर्नु पनि जरुरी छ। र, उत्ति नै जरुरी छ पैसालाई अत्यन्तै जतनसाथ प्रयोग गर्न। 

-एजेन्सी

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.