काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले घाटा १४.११ प्रतिशतले कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ रहेको घाटा चालु आवको समीक्षा अवधिसम्म घटाएर ७८ लाख ४२ हजारमा झारेको छ ।
कम्पनीको आम्दानी २६.१९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २६ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको आम्दानी घटेर १९ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्त आम्दानी ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ६० लाख रुपैयाँले ऋणात्मक र रिर्जभको आकार ४ लाख २८ हजार रुपैयाँबराबरको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९४.३४ रुपैयाँ कायम भएको छ ।