मंगलवार, आश्विन २७,२०८३ 09:58:49
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:58:49
Bizshala
Global IME Bank Limited

समाज लघुवित्त: खेलाडीले सेयरमूल्य अचाक्ली बढाए, तर बढेन प्रमुख वित्तीय सूचकको चमक

Bizshala
समाज लघुवित्त: खेलाडीले सेयरमूल्य अचाक्ली बढाए, तर बढेन प्रमुख वित्तीय सूचकको चमक
New Office

काठमाण्डौ । अपरेटरहरु छिरेपछि अत्यन्त कमजोर कम्पनी र प्रमुख वित्तीय सूचकहरु समेत अत्यन्त खराब रहेका कम्पनीहरुको सेयरभाउ रकेटको गतिमा कसरी उड्छ भन्ने एउटा उदाहरण बनेको छ समाज लघुवित्त ।  

यो कम्पनी एक वर्षको अवधिमा केही खेलाडीहरुले कर्नरिंग गरी सबैभन्दा बढी मूल्य बढाइएको कम्पनी समेत हो । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

समाज लघुवित्तको दोश्रो बजार मूल्य प्रतिकित्ता ६७ रुपैयाँ हुँदादेखि नै सेयर बजारमा बेला बेला आन्दोलन गर्ने लगानीकर्ताको एउटा संगठनका नेताहरुदेखि केही ब्रोकरहरु मिलेर चलखेल सुरु गरेका थिए ।  

उनीहरुले यो कम्पनीको सेयर कर्नरिंग गर्दै मूल्य प्रतिकित्ता ३५०० माथि पुर्याइसकेका छन् । अहिले भने समाज लघुवित्तको दोश्रो बजार सेयरमूल्य केही घटी प्रतिकित्ता २ हजार ७०० हाराहारीमा कारोबार भइरहेको छ ।  

यो कम्पनीको सेयरमूल्य जसरी बढाइयो, त्यसलाई पुष्टि गर्ने कम्पनीको न वित्तीय सूचकहरु बलिया छन्, न कुनै सुखद समाचार नै । केही खेलाडी पसे र सुनियोजित रुपमा यो मूल्य बढाई एकवर्षअघि प्रतिकित्ता ६७ रुपैयाँ रहेको सेयर ३५०० माथि भिडाएर कुस्त कमाई उम्किए ।  

कुल २ करोड २८ लाख चुक्तापूँजी भएको यो कम्पनीको २ लाख २८ हजार ५०० कित्ता सेयर मात्र नेप्सेमा सूचीकृत छ । थोरै कित्ता भएकै कारण यो कम्पनीले खेलाडीहरुले चाहेअनुसार खेलाइरहेको देखिन्छ ।  

निकै माथि माथि पुगेर समाज लघुवित्तको सेयरकित्ता खाने कतिपयले यो कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण केही सुखद आउने सोचेका थिए । तर, ठीक उल्टो समाज लघुवित्तको आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको रिपोर्ट निराशाजनक रहन पुगेको छ ।  

चौथो त्रैमाससम्ममा कम्पनीको खूद नाफा ५१ लाख ३० हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७५ लाख ८२ हजार खूद नाफा थियो ।  

अघिल्लो वर्ष ७९ लाख ५६ हजार रुपैयाँ रहेको सञ्चालन घाटा बढेर यो वर्ष २ करोड ३० लाख माथि पुगेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म १ करोड ९३ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानीतर्फ भने सामान्य बढोत्तरी भई २ करोड २ लाख पुगेको छ । प्रमुख आम्दानीको रुपमा रहेको खूद ब्याज आम्दानी बढे पनि सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याइने रकम गत वर्षको भन्दा ह्वात्तै बढ्दा नाफा प्रभावि हुन पुगेको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले जोखिम व्यवस्थापनका लागि १ करोड ५५ लाख विनियोजन गरेकोमा त्यो बढेर यो वर्ष ३ करोड ११ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो वर्ष ४.७८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ४.८२ प्रतिशत पुगेको छ भने वार्षिकमा प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ चाहिँ रु.२२९.९७ रुपैयाँ कायम भएको देखिन्छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X