काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.७७ रुपैयाँ र बिक्रीदर १४८.४३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१६ रुपैयाँ र बिक्रीदर ९.२० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७५ रुपैयाँ र बिक्रीदर १८.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.०४ रुपैयाँ र बिक्रीदर ४४० रुपैयाँ कायम भएको छ ।