काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.१९ रुपैयाँ र बिक्रीदर १४८.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६ं.५९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.६२ रुपैयाँ र बिक्रीदर ४३९.५८ रुपैयाँ कायम भएको छ ।