सोमबार, असार २,२०८२ 12:55:41
  • सोमबार, असार २,२०८२ 12:55:41
Global IME Bank Limited

ट्रम्पको कम्पनीको सेयरमूल्य हालसम्मकै न्यून

Hyundai Nepal
ट्रम्पको कम्पनीको सेयरमूल्य हालसम्मकै न्यून
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ‘ट्रम्प  मिडिया एण्ड टेक्नोलोजी ग्रुप’को सेयर मूल्य हालसम्मकै न्यून विन्दुमा झरेको छ । ट्रम्पको अधिकांश स्वामित्व भएको उक्त कम्पनीको सेयरमूल्यमा मंगलबार व्यापक गिरावट आएसँगै न्यून विन्दुमा झरेको हो ।  

कम्पनीको सेयरमूल्य ३.७ प्रतिशतले घटेर प्रतिकित्ता २१.४२ डलरमा सीमित बनेको छ । यससँगै कम्पनीको सेयरमूल्य लगातार ८ औं सेशनमा घटेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नास्डकमा डेब्यु गरेसँगै कम्पनीको सेयरमूल्य गत मार्च २६ मा हालसम्मकै उच्च अर्थात प्रतिकित्ता ७९.३८ डलर पुगेको थियो । यो महिनाको सुरुवातमा प्रकाशित प्रतिवेदन अनुसार कम्पनीले १ करोड ६४ लाख डलरबराबरको त्रैमासिक घाटा व्यहोरेको छ । यस्तै कम्पनीको आम्दानी पनि जम्मा ८ लाख ३७ हजार डलरमा सीमित बनेको छ । कम्पनीको बजार पूँजीकरण पनि ८ अर्ब डलरबाट झरेर ४.३ अर्ब डलरमा खुम्चिएको छ ।  

आगामी महिना लकअप अवधि सकिएसँगै ट्रम्पले आफ्नो स्वामित्वको ६० प्रतिशत अर्थात ११ करोड ४७ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.