सोमबार, असार २,२०८२ 10:52:34
  • सोमबार, असार २,२०८२ 10:52:34
Global IME Bank Limited

धौलागिरी लघुवित्तको खस्किएको आर्थिक अवस्थाः घाटा २.८४ करोड, वितरणयोग्य नाफा र ईपीएस ऋणात्मक

Hyundai Nepal
धौलागिरी लघुवित्तको खस्किएको आर्थिक अवस्थाः घाटा २.८४ करोड, वितरणयोग्य नाफा र ईपीएस ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख आर्थिक सूचकहरु कमजोर देखिएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अन्त्यसम्मको प्रतिवेदनअनुसार संस्थाको घाटा २०२.८५ प्रतिशतले बढेको छ । संस्थाले समीक्षा अवधिसम्म २ करोड ८४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ९३ लाख ८९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २.१७ प्रतिशतले मात्रै बढेको छ । चौथो त्रैमाससम्म संस्थाले ८ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानीमा व्यापक गिरावट आएको छ । संस्थाले २८ लाख ७८ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.१० प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड २३ लाख रुपैयाँ रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी ११ करोड ३६ लाख धनात्मक र सञ्चालन मुनाफा २ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा २ करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५७ लाख ७९ लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा ५ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवमा भने संस्थाको रिजर्भमा ८ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।  

यो अवधिसम्म ७८ करोड ७ लाख रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब १७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्था खराब कर्जा अनुपात घटाउन सफल छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ८.८७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६५ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य कमी आएको छ । संस्थाको ईपीएस ७.०५ रुपैयाँ ऋणात्मकबाट २१.३६ रुपैयाँ ऋणात्मक कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १४९.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८८५.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.०७ गुणा र तरलता अनुपात १९.९६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.