आईतवार, असार २२,२०८२ 07:01:31
  • आईतवार, असार २२,२०८२ 07:01:31
Global IME Bank Limited

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । गत साताको अन्तिम कारोबारमा ३ हजार ४१ को विन्दुसम्म पुगको बजार त्यस यता ३ हजाार माथि टिक्न सकेको छैन । त्यस यता बजारमा लगातार २ वटा  वियरिस प्रकृतिका क्याण्डल बनेका छन् ।  

आज बजार झिनो अंकले बढ्दा कारोबार भने अघिल्ला कारोबारमा भन्दा करिब १० अर्बले घटेको छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजारले बिस्तारै अपर ब्याण्ड छोड्दै गएको देखिन्छ । तर अन्तिमका २ वटा क्याण्डलमा बजारले २९४० विन्दुमा सपोर्ट लिएको छ । म्याक्डी मार्फत नियाल्दा भने बजार करिब वियरिस क्रसओभर नजिक आएको देखिन्छ ।

तर आज नै वियरिस क्रसओभर भने भै सकेको अबस्था होइन । आरएसआई ओभर बट जोनमा चलेको छ । बुलिस बजारमा यस्तो विन्दु लामो समय ओभर बट जोनमा चल्ने गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बजारलाई मनी फ्लो इन्डेक्बाट हेर्दा पछिल्लो बुल बजारमा पहिलो पटक प्रष्ट रुपमा ८० को तहबाट तल झरेर सेल सिग्नल दिएको छ । (हेर्नुहोस तस्बिरमा एरो ) मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई संकेत गर्छ । सम्रगमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । तर बजारको दिशा भने अझै एक–दुई कारोबारबाट मात्रै प्रष्ट हुने देखिन्छ । यदि आगामी कारोबारमा बजार ३ हजार विन्दु भन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा बजारले अप ट्रेन्ड लिन सक्ने छ । तर यदि बजार हालको न्यून विन्दु २९४० भन्दा तल झरेमा भने केही बिक्री दबाब पर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.