सोमबार, बैशाख ८,२०८२ 05:50:13
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 05:50:13
IME remit
Global IME Bank Limited

एमसीसी नेपालले गर्‍यो एक वर्षको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी

Hyundai Nepal
एमसीसी नेपालले गर्‍यो एक वर्षको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी
Nabil Bank Limited

काठमाण्डौ। एमसीसी नेपालले आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो। 

परियोजनाले १० जिल्लामा ८५६ वटा प्रसारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको जनाएको छ। जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

पत्रकार सम्मेलनमा एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टले लामो समयदेखि रोकिएका कामहरु सुचारु भएको बताए। 

जग्गा प्राप्तिको काम सुरु हुनु, विभिन्न जिल्लामा मुआब्जा वितरणको लागि समिति बन्नु र धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारण हुनु उपलब्धि भएको उनको दाबी छ।

प्रमुख कार्यकारी अधिकृत बिष्टले विभिन्न ९ जिल्लामा पहिलो चरणको रुख गणना गर्ने काम सम्पन्न भएको बताए। यस्तै प्रभावित ९ जिल्लामा करिब ४७ हजार रुख काटिने भएको पनि उनले जानकारी दिए।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.