बिहीबार, श्रावण १४,२०८३ 10:59:50
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:59:50
Bizshala
Global IME Bank Limited

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को १ करोड कित्ता बढी संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर बिक्रीमा राखेको थियो ।  

कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो  ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह क को उपसमूह क–२ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहनेछन् । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.