मंगलवार, बैशाख ८,२०८३ 09:15:21
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 09:15:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्दो महङ्गी नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्दै बंगलादेश, १०% भन्दा बढीसम्म पुग्न सक्ने

Bizshala
बढ्दो महङ्गी नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्दै बंगलादेश, १०% भन्दा बढीसम्म पुग्न सक्ने
Shivam Cement

काठमाण्डौ । बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउने भएको छ । बंगलादेशको केन्द्रीय बैंकका नवनियुक्त गभर्नर डा.अहसन मन्सुरले बीबीसीसँगको अन्तर्वार्ताका क्रममा ब्याजदर बढाउने घोषणा छिट्टै गरिने बताएका हुन् ।  

गभर्नर मन्सुरले एक-दुई दिनमै ब्याजदर ८.५ प्रतिशतदेखि ९ प्रतिशतसम्म बढाइने बताए । यस्तै उनले मुद्रास्फितीलाई नियन्त्रण गर्न आगामी दिनमा ब्याजदर १० प्रतिशतभन्दा बढी पुर्याइने जानकारी दिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राजनीतिक उथलपुथलका कारण गारमेन्टको निर्यात नराम्ररी प्रभावित बन्दा र घट्दो रेमिट्यान्सका कारण मुद्रामा दबाब पर्दा यतिबेला बंगलादेशमा मूल्यवृद्धि उच्च छ । अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले बंगलादेशलाई ४.७ अर्ब डलर प्रदान गर्दै मौद्रिक नीतिमा कडाई गर्न र विनिमयदर लचिलो बनाउन भनेको छ ।    

गभर्नर मन्सुरले आईएमएफबाट थप ३ अर्ब डलर सहायताका लागि छलफल भईरहेको बताएका छन् । उनका अनुसार विश्व बैंकबाट थप १.५ अर्ब डलर र एशियाली विकास बैंक र जाईकाबाट १ अर्ब डलर सहायता लिने विषयमा पनि योजना बनिरहेको छ ।  

यो महिनाको सुरुवाततिर पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध भएको आन्दोलनका बेला भएको इन्टरनेट बन्द र कर्फ्यु जस्ता कारणले समेत मूल्यवृद्धि भएको छ ।  

आईएमएफमा ३ दशक बिताएका वरिष्ठ अर्थशास्त्री डा.मन्सुरलाई गत साता गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.