काठमाण्डौ । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ ७ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
सनराइज फर्स्ट म्युचुअल फन्डले गत आवका लागि १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) को प्रस्ताव गरेका छन् ।