मंगलवार, श्रावण १९,२०८३ 09:47:33
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:47:33
Bizshala
Global IME Bank Limited

११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए

११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए
New Office

काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट असार महिनामा ६४ खर्ब बढीको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार असार  महिनामाआरटीजीएस)मार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी कारोबार भएको हो ।  

यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असारमा आरटीजीएस प्रणालीमार्फत २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी कारोबार भएको थियो । हाल आरटीजीएसमा ४४ वटा बैंक तथा वित्तीय संस्था सहभागी छन् ।  

यस्तै असारमा एटीएमबाट ९१ अर्ब २६ करोड रुपैयाँ नगद निकालिएको छ । जुन अघिल्लो आवको असार महिनाको तुलनामा ४.९४ प्रतिशतले बढी हो । कनेक्ट आईपीएसबाट हुने कारोबार समेत ३३.७३ प्रतिशतले बढेको छ । असार महिनामा कनेक्ट आईपीएबाट ६ खर्ब ६६ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । २०८० असार महिनामा कनेक्ट आईपीएसमार्फत ४ खर्ब ९८ अबए रुपैयाँबराबरको कारोबार भएको थियो ।  

यस्तै असारमा २ करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताबाट ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको छ । अघिल्लो वर्ष मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । एक वर्षमा थप ३२ लाख ८४ हजार ८५७ मोबाइल बैंकिङ ग्राहक थपिएका छन् ।  

यो अवधिमा इन्टरनेट बैंकिङ कारोबार १४.४२ प्रतिशतले बढेको छ । इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.