मंगलवार, आश्विन १३,२०८३ 06:27:57
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:27:57
Bizshala
Global IME Bank Limited

दैनिक १६ सय किलोमिटर यात्रा गरेर अफिस जान्छन् यो कम्पनीका सीईओ, कम्पनीले दिएको छ यस्तो सुविधा

Bizshala
दैनिक १६ सय किलोमिटर यात्रा गरेर अफिस जान्छन् यो कम्पनीका सीईओ, कम्पनीले दिएको छ यस्तो सुविधा
New Office

काठमाण्डौ । सोच्नुस् त यदि तपाईले हजारौं किलोमिटर पार गरेर अफिस जाुन पर्दा कस्तो होला ? तर त्यो यात्रा सधैं एउटा निजी जेटमा गर्दा कस्तो अनुभूति होला ? यस्तै सेवा अमेरिकी कम्पनी स्टारबक्सका सीईओले प्राप्त गरेका छन् । स्टारबक्सका नवनियुक्त सीईओ ब्रायन निकोलले आफ्नो नयाँ कार्यालय जान दैनिक एउटा असाधारण यात्रा तय गर्नेछन् । क्यालिफोर्नियामा बसोवास गर्ने निकोल सिएटलमा रहेको स्टारबक्सको मुख्यालय पुग्न प्रत्येक दिन १६ सय किलोमिटर यात्रा गर्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्झौताअनुसार, निकोलले यो दैनिक यात्राका लागि कर्पोरेट जेट प्रयोग गर्नेछन् । लामो दूरीका बाबजुत उनले एक सातामा कम्तिमा ३ दिन स्टारबक्सको सिएटल कार्यालयबाट काम गर्नेछन् । जुन कम्पनीको हाईब्रिड वर्क पोलिसी अन्तर्गत पर्छ । यो पोलिसी  सन् २०२३ बाट लागूमा छ । ब्रायन निकालले आगामी महिनाबाट स्टारबक्स कर्पको नयाँ सीईओको रुपमा आफ्नो पदभार ग्रहण गर्नेछन् ।  

कति पाउनेछन् तलब ?

५० वर्षिय निकोलले वार्षिक १.६ मिलियन डलरबराबरको तलब पाउनेछन् । यसका अतिरिक्त उनीले प्रदर्शनका आधारमा ३.६ मिलियन डलरदेखि ७.२ मिलियन डलरसम्म नगद बोनस समेत प्राप्त गर्नेछन् । यस्तै उनले वार्षिक इक्विटी गिफ्टका रुपमा २३ मिलियन डलरसम्म कमाउन सक्नेछन् । उनको तलबको बारेमा अफर लेटरमार्फत जानकारी सार्वजनिक भएको हो ।  

निकोलले घरदेखि कार्यालय जाने प्रबन्ध पहिलोपटक भने पाएका होइनन् । यसअघि पनि उनी सन् २०१८ मा चिपोटलको सीईओ हुँदा यस्तै सम्झौता गरेका थिए ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.