काठमाण्डौ । संसदमा सेयर बजारको विषयमा पुन प्रश्न उठेको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद नारायणी शर्माले सेयर बजार बिचौलियाको हातमा पुगेको र अहिलेको वृद्धिबाट देखेर ढुक्क नहुन आग्रह गरेकी छन् ।
‘अहिले सेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबोनस्, सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको नै पहँुच छ भन्ने छ । यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन, उनले भनिन् ,देशका मुख्य शहरहरु सुनसान भएका बन्दै गएका छन् । बजारमा पैसा छैन । बैंकहरु उद्योगमैत्री हुन सकेका छैनन् । बैंकप्रति अविश्वसास बढ्र्द गएको छ । ’
यसले देशलाई गम्भिर आर्थिक दुर्घटनातर्फ लैजाने समेत उनले दाबी गरिन् ।