सोमबार, असार २,२०८२ 03:42:36
  • सोमबार, असार २,२०८२ 03:42:36
Global IME Bank Limited

सीडीएससीका सीईओ आचार्यको कार्यकाल शुक्रबारबाट सकिदैं, यस्ता छन् ४ वर्षे उपलब्धि

Hyundai Nepal
सीडीएससीका सीईओ आचार्यको कार्यकाल शुक्रबारबाट सकिदैं, यस्ता छन् ४ वर्षे उपलब्धि
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारले गति लिएकै समयमा धितोपत्र बोर्डसँगै अर्को नियामकिय निकाय सीडीएससी पनि शुक्रबारबाट रिक्त हुने भएको छ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)पूर्ण प्रसाद आचार्यको यही शुक्रबारदेखि कार्यकाल सकिदै छ ।  

आचार्य विसं २०७७ भदौ ८ गते सीडीएसीको प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । सीडीएससीको प्रमुखको नेतृत्व ४ वर्षको हुने गर्छ । सबै भन्दा उच्च कर संकलन गरेर राजश्व कार्यालय त्रिपुरेश्वरबाट सम्मानित हुनु , ४३ लाख डिम्याट संख्याबाट ६३ लाख पुग्नु , सीडीएससीको मुनाफा १० गुणा वृद्धि भएर राजश्व उल्लेखनिय योगदान पुग्नु आचार्यको कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिहरु हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै टी प्लस ३ बाट टी प्लस २ लागू हुनु , सेन्ट्रल केवाईसी लागू हुनु , मेरो सेयरको मोबाइल एप बन्नु , मेरो सेयरको सफ्टवेरको सुधार , वैदेशिक रोजगारमा जानेलाई औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सहयोग पु्र्याउनु तथा हेटौडामा डिजास्टर रिकभरी सेन्टर स्थापना गर्ने जस्ता उल्लेखनिय काम आचार्यको समयमा भएका थिए ।

लगानीकर्ताले आचार्यको कार्यकाल समाप्त भएसँगै चाडै नै सीडीएससीले नयाँ सीईओ पाउने विश्वास व्यक्त गरेका छन् । उता धितोपत्र बोर्ड ८ महिनादेखि अध्यक्षबिहिन रहेको छ । हाल अर्थ मन्त्रालयका प्रतिनिधि महेश बरालले सेवोनको प्रतिनिधि अध्यक्षको भूमिकामा रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.