शुक्रबार, असार २६,२०८३ 04:43:20
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:43:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साताको अन्तिम कारोबारमा नेप्सेमा बन्यो ‘ग्रेभस्टोन डोजी’, ट्रेन्ड रिभर्सलको संकेत

Laxmi Sunrise Bank Limited
साताको अन्तिम कारोबारमा नेप्सेमा बन्यो ‘ग्रेभस्टोन डोजी’, ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।

बजारलाई क्यान्डल स्टिकबाट प्राविधिक रुपमा हेर्दा आज नेप्सेको चार्टमा ‘ग्रेभस्टोन डोजी’बनेको छ । अंग्रेजीको अक्षर टी आकारलाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ । यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्यबराबर तथा अधिकतम मूल्य बढी भएमा ग्रेभस्टोन डोजी बन्छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तो क्यान्डलले बजारमा दिनभर क्रेताको प्रभाव रहेको संकेत गर्छ भने कारोबारको अन्तिममा बजारलाई बिक्रेताले दबाबमा राखेर सूचक तथा सेयरमूल्य सुरु कै अवस्थामा पुर्याएको जनाउँछ। लामो समयको बियरिस ट्रेन्ड वा रातो मैनबत्ती क्यान्डलसँगै यस्तो क्यान्डल बनेमा बजारमा बिक्रेता हराउँदै गरेको, खरिद चाप बढेको र आगामी दिनमा बजार बढ्न सक्ने संकेत गर्छ ।

तर, लामो समयको बढ्दो बजारमा यस्तो आकृति देखिएमा भने बजार घट्न सक्ने संकेत गर्छ । हालको अवस्था भनेको लामो समयको बजार वृद्धिपछि यस्तो आकृति देखा परेको हो । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ ।  

यस्ता क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुन सक्छन् । यदि आगामी कारोबारमा बजार ३०४१ विन्दु भन्दा माथि भोल्युुमसहित टिकेर कारोबार भएको खण्डमा यो क्याण्डल इन्भ्यालिड पनि हुन सक्छ । तर बजार पछिल्लो न्यून विन्दु २९४५ विन्दुभन्दा तल खसेमा आज बनेको क्याण्डल भ्यालिड पनि हुन सक्छ ।

पछिल्लो समयमा दैनिक कारोबार औषत कारोबार भन्दा तल हुन थालेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस होइन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.