बिहीबार, बैशाख १०,२०८३ 02:06:49
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 02:06:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांसदले सेयरको मूल्य तोक्नु गलत, हरि ढकाल भन्छन्, ‘नेप्सेको वास्तविक पूँजीकरण १७ खर्ब मात्र !’

Bizshala
सांसदले सेयरको मूल्य तोक्नु गलत, हरि ढकाल भन्छन्, ‘नेप्सेको वास्तविक पूँजीकरण १७ खर्ब मात्र !’
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसदहरुले सेयरको मूल्य तोक्नु उचित नभएको बताएका छन् । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत ढकालले पूँजी बजारको वर्तमान अवस्थाबारे टिप्पणी गदै यस्तो धारणा राखेका हुन् ।  

‘हामी सांसदहरुले सेयर बजारका कम्पनीको सेयर मूल्य  तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिब्यक्ति दिने काम गर्नु विल्कुलै उचित हैन, उनले लेखेका छन्, ‘हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो । केही सांसदबाट भएको अनुपयुक्त वक्तब्यबाजीप्रति खेद व्यक्त गर्दछु । तर बजारमा भईरहेको सर्वसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानूनी गतिविधिहरु नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरु पनि उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिन्छु ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सांसद ढकालले बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भईरहेको टीकाटिप्पणी अप्रासांगिक भएको दाबी गरेका छन् । सेयर बजारमा दैनिक कारोबारयोग्य सेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पूँजीकरण रहेको उनले बताएका छन् । ‘बजारका राम्रा कम्पनीहरुको सेयरको मूल्य अझै धेरै सस्तो र आम सर्वसाधारण लगानीकर्ताले ५ वर्ष अगाडि किनेको मूल्य भन्दा धेरै कम्पनीको सेयर मूल्य तल रहेकोले अहिले आत्तिनुपर्ने गरी केही भएकै छैन भन्नेमा म सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु’ ढकाल  लेख्छन् ।  

ढकालले सरकारले पूँजी बजारको सुधार र बिस्तारका लागि धेरै कामहरु गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृत रुपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिन आग्रह समेत गरेका छन् । लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौं कामहरु अवरुद्ध रहि बजारको नियमनमै बाधा परेको बताउँदै ढकालले बोर्डमा तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ व्यक्ति नियुक्त गर्न माग गरेका छन् । 

उनले पृष्ठभुमिमा उभिएर सधैं आम सर्वसाधारण लगानीकर्ताको हित र पूँजी बजारको विकास र  बिस्तारका लागि लडिरहने प्रण व्यक्त गर्दै कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले राम्रा कम्पनीहरुमा सुझबुझपूर्ण र आफ्नो  स्वविवेक प्रयोग गर्न आम लगानीकर्ताहरुलाई अपिल गरेका छन् । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.