काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.२७ रुपैयाँ र बिक्रीदर १४९.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६ं.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५८ रुपैयाँ र बिक्रीदर ४४०.५४ रुपैयाँ कायम भएको छ ।