शुक्रबार, असार १२,२०८३ 01:42:35
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:42:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली बजारमा नयाँ ईभी ‘नामी’को प्रवेश, डल्फिन र टाटापन्चलाई कडा टक्कर दिने विश्वास

Laxmi Sunrise Bank Limited
नेपाली बजारमा नयाँ ईभी ‘नामी’को प्रवेश, डल्फिन र टाटापन्चलाई कडा टक्कर दिने विश्वास

काठमाण्डौ । नेपालमा अर्को चिनियाँ विद्युतीय गाडी भित्रिएको छ । एमएडब्लूवृद्धिले बिहिबार चिनियाँ ब्रान्डको नामी गाडी नेपालमा सार्वजनिक गरेको छ। 

कम्पनीले मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै नामीलाई नेपालमा भित्राएको जनाएको छ । यो गाडीको मूल्य किफायती भएको र फिचर्स पनि आकर्षक भएकाले अन्य ईभीलाई टक्कर दिने कम्पनीले दाबी गरेको छ । यसले प्रतिस्पर्धी कम्पनी बिवाइडीको डल्फिन र टाटाको टाटापन्चलाई कडा टक्कर दिने विश्वास गरिएको छ ।  

नामी ३ वटा मोडलमा सार्वजनिक गरिएको छ । ३ वटै मोडलको मूल्य फरक–फरक निर्धारण गरिएको छ। नामी ई १ को मूल्य ९ लाख ९९ हजार, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार मूल्य निर्धारण गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

हाल नेपाली बजारमा टाटापन्चको मूल्य ३७ लाख र डल्फिनको ४१ लाख रहेको छ। हाल ईभी ब्राण्डहरुबीच मूल्य युद्ध नै चलिरहेको छ । विभिन्न ईभी ब्राण्डहरु ईभीको मूल्य कटौती गर्दै बजार हिस्सा ओगट्ने प्रयषसमा लागेका छन् ।  

बक्स सव कम्प्याक ईभी नामीमा थुप्रै सेग्मेन्ट फस्ट प्रिमियम फिचर रहेहा छन्। यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्यान्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन्।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट प्रदान गरिएको छ ।  

३१.५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री साइजको एलएफपी अप्सनको नामीको मूल्य ३३ देखि ३६ लाख रुपैयाँ रहेको छ। यस्तै नामी ०१ मा ७० किलोवाट क्षमताको मोटर छ। जसले ९४ हर्सपावर तथा १६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। यो गाडी प्रतिघण्टा १४० किलोमिटरसम्म  कुद्न सक्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.