काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि सरेको छ । ।
यससंगै यो मुद्दा छैठौँ पटक सेरेको हो । यो मुद्दाको पेशी अब फागनु ९ गते पेशी तोकिएको छ ।
आज उच्च अदालत पाटनमा न्यायाधीश रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गरेको आरोप लगाउदै हरि बहादुर केसीले मंसिर ८ गते रिट हालेका थिए ।
रिट हालेका एक अधिवक्ताले कम्पनीले मुद्दा हार्ने भए पछि अनेक प्रपञ्च, प्रयोग गरेर आज पनि मुद्दा सारिएको आरोप लगाएका छन् ।
यस विषयमा कम्पनीको आईपीओ खरिद गरेका वैदेशिक रोजगारीमा गएकाहरुले समेत सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् । जसको सुनुवाई माघ २९ गते रहेको छ ।
विद्यमान बीमा ऐनको दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निष्कासन अंकितमूल्य एक सय रुपैयाँमा नै हुने प्रष्ट नियम रहेको रिट निबेदकहरुको दाबी छ ।
रिटमा पूँजीबजारको नियामक नेपाल धतिोपत्र बोर्ड, धितोपत्र बोर्डको सञ्चालक समिति बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधकिरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।