शुक्रबार, बैशाख ४,२०८३ 05:24:36
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:24:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रोकर हाउसमा तीजको झल्को दिने गरी महिला लगानीकर्ता, भन्छन् ‘बजार जसरी घट्यो त्यसरी नै फर्कन्छ’

Bizshala
ब्रोकर हाउसमा तीजको झल्को दिने गरी महिला लगानीकर्ता, भन्छन् ‘बजार जसरी घट्यो त्यसरी नै फर्कन्छ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ, ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताहरुको मनोविज्ञान बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज सबै भन्दा पहिले हामी दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) मा पुगेका थियौं ।  

बिहानी कारोबारको पहिलो प्रहरमा हामी यहाँ पुग्दा लगानीकर्ताहरुको उपस्थिति निकै बढिसकेको थियो । अहिले पछिल्लो समय बजार बढ्न थाले पछि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै राम्रो देखिन्छ । धेरै जसो ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु भरिएका हुन्छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज भने बिहानैदेखि बजार घट्न थालेको थियो । ब्रोकर हाउसको वातावरण शान्त थियो । बेला–बेला लगानीकर्ताबीच भलाकुसारी भएको सुन्न सकिन्थ्यो । यत्तिकैमा एक लगानीकर्ताहरुले भने, ‘लौ करिब साढे २ अर्बको कारोबार भईसक्यो । घटेको मौका छोपेर झयम कि झ्याम सेयर खरिद गर्न थालौं ।’ उनीसँगै बसेका लगानीकर्ताले आज बजार निरन्तर घटेकाले ५० अंकभन्दा बढी घट्ने अनुमान गरे ।  

ब्रोकर हाउसमा फोनका घण्टी निरन्तर बझिरहेका थिए । निरन्तर घटेको बजारमा लगानीकर्ता अलमलमा देखिन्थे । भित्ताको घडिमा दिनको १२ बज्दै थियो । बजार ५० अंकले घटेको थियो । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले बजार असोज १५ सम्म नै साइड वेज जाने पनि चर्चा गर्दै थिए । केहीले भोली नै बजार फर्केन पनि चर्चा गर्दै थिए ।  

केही समय पछि हामी अनामनगरमा नै रहेको भोले गणेश सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यस ब्रोकरमा पनि लगानीकर्ताहरुको थामि नसक्नु भीड देखिन्थ्यो । यस ब्रोकरमा अधिकांश तीजको नै झल्को दिने गरि महिला लगानीकर्ता देखिन्थे ।  

यसै ब्रोकरमा भीडबाट एक महिला लगानीकर्ताले भनिन्, ‘बजार घट्नु जति घटोस् । केही समय पहिले डेढ सय अंकले घटेको बजार फेरि फर्किएको थियो । आज पनि ठूलो अंकले घटे त छिट्टै फर्किन्छ ।’ उनलाई साथ दिदैं एक पुरुष लगानीकर्ताले भने, ‘बिस्तारै घटेमा बजार झट्ट फर्किदैन ।’ भीडबाटै एक पुरुष लगानीकर्ताले भने, ‘बजार घटे पनि त्यो ग्रिन भेन्चर हाईड्रो त घटेका छैन ।’

यसबेलासम्म दिनको १ बज्दै थियो । बजार २९ सय विन्दुबाट तल खसेर पुनःमाथिको यात्रा तय गर्दै थियो । केही समयको बसाई पछि हामी अनामनगरमा नै रहेको आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यहाँ पनि लगानीकर्ता उल्लेख्य संख्यामा भेला भएका थिए । यहाँ लगानीकर्ता भर्याङसम्म नै बसेका थिए । ‘बजार घटे पछि त ब्रोकर रिसाए जस्तो छ । अहिलेसम्म चिया आएन,’ एक लगानकिर्ताले ठट्यौली पारा भनेको सुनियो । यत्तिकैमा चिया लिएर रातो टिसर्टमा सजिएकी एक महिला कर्मचारी टुप्लुक्क आई पुगिन् । ठट्यौली पारामा एक लगानीकर्ताले भने, ‘बजार त यी बहिनिले रातो टीसर्ट लगानएको भएर पो घटेको रहेछ । भोलिबाट रातो कपडा लगाएर नआउनु है ।’ उनको यस्तो कुरा सुनेपछि ब्रोकर हाउसमा हाँसोको फोहोरा छुट्यो । बजारको गिरावटले तनावमा भएका लगानीकर्ताको मुहारमा केही समय भएपनि हासो छायो ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले गोजीमा दुबै हात हालेर ज्यान हल्लाउँदै भने, ‘बजार जति घटे पनि मेरो अपि हाइड्रो त घटेको छैन । देख्नु भयो सेयर कस्तो किन्नु पर्छ ? उनको छेउमै बसेकी महिला लगानीकर्ताले समर्थन गर्दै भनिन्, ‘हो रहेछ, कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ने उखान आज साबित भयो ।’

ब्रोकर हाउसमा यस्तै वार्तालाप चल्दै थिए । यहाँबाट हामी भिजन सेक्युरिटिज (स्टक ब्रोकर हाउस ३४) मा पुग्यौं । यहाँ पनि धेरै नयाँ लगानीकर्ताहरु देखिन्थे । यसबेला सम्मदिनको २ बजिसकेको थियो । बजार निरन्तर घटिरहेको थियो । ब्रोकर हाउसमा बजार फकर्ने आशा बोकेर लगानीकर्ता डिस्प्लेमा नजर डुलाइ रहेका थिए ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.