काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट,१ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।
नाडाअटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । योजनाको सारांश
१. शुन्य रनिङ्ग खर्चःस्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनीको मापदण्डअनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क लाग्ने छैन ।
२ .फ्री अटो विमा र एक्सेसरिज: यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निःशुल्क पाउन सकिनेछ ।
३. थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस: विक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी प्रदान गरिनेछ ।
४ .उच्च रिसेल भ्यालुः स्विफ्ट बिगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो । थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुनेछ ।