काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडले यी दुवै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ १९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो १८ गतेभित्र कायम इकाइधनीहरुले मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
यी म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि समान ९.५ प्रतिशत (करसहित) दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।