काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारमा गिरावट आएको छ । जापानको सेयर बजार आज ०.१४ प्रतिशत अर्थात ५४ अंकले घटेर ३८ हजार २३३ विन्दुमा सीमित बनेको छ ।
यस्तै अष्ट्रेलियाको सेयर बजार पनि ०.७ प्रतिशतले घटेको छ । अष्ट्रोलियाको जुलाई महिनाको मुद्रास्फिती अपेक्षा गरेभन्दा बढेको प्रतिवेदन सार्वजनिक भएसँगै अष्ट्रेलियाको बजारमा गिरावट आएको जनाइएको छ ।
यसैगरी दक्षिण कोरियाको कोस्पी पनि ०.५१ प्रतिशत र कोस्डाक इन्डेक्स ०.०८ प्रतिशतले खस्किएको छ ।
हङकङको हाङसेङ इन्डेक्स र चीनको सीएसआई३०० पनि क्रमशः०.११ र ०.०३ प्रतिशतले घटेको छ । यस्तै आज भारतको सेन्सेक्स इन्डेक्स ४७ अंक र निफ्टी५० पनि ३३ अंकले घटेर कारोबार भईरहेको छ ।