सोमबार, असार २,२०८२ 10:29:18
  • सोमबार, असार २,२०८२ 10:29:18
Global IME Bank Limited

एचआईडीसीएलको १.६८ करोड कित्ता लिलामी सेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

Hyundai Nepal
एचआईडीसीएलको १.६८ करोड कित्ता लिलामी सेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा राखिएको १ करोड कित्ता बढी संस्थापक सेयरको बोलपत्र खोलिएको छ ।  

उक्त गोप्य शिलबन्दी बोलपत्र आज बिहान ८ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिएको हो । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिक्री प्रबन्धकका अनुसार २५ सय जना आवेदकबाट उक्त सेयर खरिदका लागि आवेदन परेको छ । उक्त सेयरको कटअफ मूल्य प्रतिकित्ता १४५.६६ रुपेयाँ निर्धारण भएको बिक्री प्रबन्धकले जनाएको छ ।  

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको थियो ।  

बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह क को उपसमूह क–२ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहनेछन् । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.