काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.१२ रुपैयाँ र बिक्रीदर १४९.७८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.१३ रुपैयाँ र बिक्रीदर १७७.९२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६ं.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८६ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९ रुपैयाँ र बिक्रीदर ४४०.९६ रुपैयाँ कायम भएको छ ।