काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८७ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १.९३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको अप्रत्यक्ष आम्दानी ३० लाख २९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले प्रशासन व्यवस्थापनका लागि ३० लाख ५९ हजार र कर्मचारीको तलब सुविधा तथा भत्ताका लागि ९ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीसँग ७ करोड ३१ लाख रुपैयाँबराबरको नगद मौज्जाद रहेको छ भने ८२ करोड २१ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.५३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२१.८८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.५० रुपैयाँ कायम भएको छ ।