काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.५८ रुपैयाँ र बिक्रीदर १४९.२५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६६ रुपैयाँ र बिक्रीदर १७७.४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९१.३२ रुपैयाँ र बिक्रीदर ९१.७३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.६० रुपैयाँ र बिक्रीदर ४४०.५६ रुपैयाँ कायम भएको छ ।