काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् ।
आज जापानको सेयर बजार निक्की२२५ सूचक ०.५८ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स पनि ०.५९ प्रतिशतले उकालो लागेको छ ।
जापानको राजधानी टोकियोको मुद्रास्फितीदर बढेर २.६ प्रतिशत पुगेको छ । जुन महिना भने यस्तो दर २.२ प्रतिशत थियो ।
दक्षिण कोरियाको कोस्पी ०.७ र कोस्डाक ०.७८ प्रतिशतले बढेका छन् । दक्षिण कोरियाको खुद्रा बिक्री १.९ प्रतिशतले घटेको छ ।
यसैगरी अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० सूचक पनि ०.३७ प्रतिशतले बढेको छ । हङकङको हाङसेङ इन्डेक्स ०.५२ प्रतिशतले बढ्दा चीनको सीएसआई३०० पनि ०.१३ प्रतिशतले बढेको छ ।
अमेरिकाको डाउ जोन्स इन्डस्ट्रियल एभरेज ०.५९ प्रतिशतले बढ्दै ४१ हजार ३३५ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
आज भारतको सेन्सेक्स इन्डेक्स ०.३३ प्रतिशत र निफ्टी५० पनि ०.३७ प्रतिशतले बढेका छन् ।