काठमाण्डौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी ८ औं वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरु,कम्पनीको रिलायबल एडभाइजर, नियमनकारी निकायहरु, लगानिकर्ता, कर्मचारी,पत्रकार,लगायत सबै सरोकारबालाहरुलाई आभार व्यक्त गरेको छ ।
यस अवसरमा कम्पनीले कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी ७ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
यस्तै दमक,नारायणगढ, लेखनाथ, वुटवल, नेपालगञ्ज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य सिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्वारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी वार्षिकोत्सव मनाइएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                