बुधबार, चैत्र २०,२०८१ 07:22:42
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:22:42
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?
Nabil Bank Limited

काठमाण्डौ ।  केही समयदेखि ओरालो लागेको सेयर बजारमा आज भने १२७ अंकको बढोत्तरी आएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ ।  

बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाइभन्दा लामो) अर्को मैनबत्ती बनेमा बुलिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् तल हरियो एरो)। यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसविपरीत यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको राता क्यान्डलले पुरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनिन्छ ।

हाल नेप्सेमा बनेको बुलिस इन्गल्फिङको भ्यालिड मात्रा भने ७० प्रतिशत रहेको पाइन्छ । यदि आज बनेको बुलिस इन्गल्फिङपछि बजारमा करेक्सन आउँछ भने त्यसलाई इन्ट्री प्वइन्ट अर्थात बजार प्रवेश गर्ने विन्दु मानिन्छ ।  

बोलिङ्गर ब्याण्ड मार्फत आजको बजारलाई डेली बेसमा हेर्दा बजार करिब मध्य ब्याण्ड नजिक पुगेको देखिन्छ । यदि आगामी कारोबारमा बजारले बोलिङ्गरको मध्य ब्याण्ड २८४० विन्दुभन्दा माथि दिनभर टिकेर कारोबार हृुन्छ भने बजारले केही माथिको यात्रा तय गर्न सक्छ । अन्यथा बजार साइडवेज पनि चल्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.