काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४८.२६ रुपैयाँ र बिक्रीदर १४८.९२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.९८ रुपैयाँ र बिक्रीदर १७६.७६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.७६ रुपैयाँ र बिक्रीदर ९१.१७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६ं.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७६ रुपैयाँ र बिक्रीदर ३०.९० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.४२ रुपैयाँ र बिक्रीदर ४४०.३८ रुपैयाँ कायम भएको छ ।