सोमबार, असार २,२०८२ 10:55:03
  • सोमबार, असार २,२०८२ 10:55:03
Global IME Bank Limited

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दीको त्रास, एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट

Hyundai Nepal
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दीको त्रास, एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीमा जाने भयका कारण एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट आएको छ ।  

अमेरिकी दिग्गज टेक कम्पनी एनभिडियाको सेयरमूल्य लगभग १० प्रतिशतले घटेको छ । अमेरिकी सेयर बजारका मुख्य स्टक इन्डेक्समा गिरावट आउँदा बुधबार अधिकांश एशियाली सेयर बजार ओरालो लागेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ आँकडा अनुसार अमेरिकाको उत्पादन गतिविधि सुस्त रहने देखिएपछि लगानीकर्ताको आत्मबल कमजोर बन्न पुगेको छ । मंगलबार एस एण्ड पी इन्डेक्स २ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको थियो । यस्तै नास्डक पनि ३ प्रशितबन्दा बढीले घटेको थियो ।  

आज जापानको निक्की२२५ इन्डेक्स ३.३१ प्रतिशतले घटेर ३७ हजार ४०५ विन्दुमा सीमित बनेको छ । निक्कीमा आज १ हजार २८० अंकको गिरावट आएको छ । यस्तै टोपिक्स पनि करिब ३ प्रतिशतले घटेको छ ।  

आज जापानका रेनिसस इलेक्ट्रिोनिक्सको मूल्य ८ प्रतिशतले घटेको छ । यस्तै टोकियो इलेक्ट्रोनको मूल्य ७.०४ प्रतिशत र एभानटेस्टको मूल्य ७.७ प्रतिशतले घटेको छ । सफ्ट बैंकको मूल्यमा पनि ५.९ प्रतिशतको गिरावट आएको छ ।  

आज दक्षिण कोरियाको कोस्पी पनि २.५० प्रतिशत र कोस्डाक ३ प्रतिशतले घटेको छ । साथै, ताइवानको सेयर बजार ३.४९ प्रतिशत, हङकङको हाङसेङ १.५ प्रतिशत,अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० इन्डेक्स १.७० प्रतिशत र चीनको सीएसआई३०० इन्डेक्स ०.४७ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.