सोमबार, असार २,२०८२ 09:14:19
  • सोमबार, असार २,२०८२ 09:14:19
Global IME Bank Limited

९३% लगानीकर्ताको हातमा टीएमएस, बजार मूल्यमा नै किनबेच गर्दा उच्च अंकको उतारचढाव

Hyundai Nepal
९३% लगानीकर्ताको हातमा टीएमएस, बजार मूल्यमा नै किनबेच गर्दा उच्च अंकको उतारचढाव
Nabil Bank Limited

काठमाण्डौं । हाल सेयर बजारमा टीएमएस प्रयोगकर्ताको संख्या २३ लाख भन्दा बढी पुगेको छ । जसमा दैनिक ९३ प्रतिशत लगानीकर्ताले आफै सेयर कारोबार गर्ने ब्रोकरहरु बताउँछन् ।  

टीएमएस आउनु भन्दा पहिले सेयर कारोबार गर्न लगानीकर्ताहरुले ब्रोकरलाई सम्पर्क गर्नु पर्थ्यो । त्यो समय ब्रोकरहरुको पनि सल्लाह लिएर लगानीकर्ताहरुले किनबेच गर्ने भएको कारण लगानीकर्ताहरुको निर्णय केही फेरिन पनि सक्थ्यो । नेप्सेका अनुसार टीएमएस प्रयोग गर्ने सक्रिय लगानीकर्ताको संख्या दैनिक ५ लाख देखि ६ लाखसम्म रहेको छ । यिनै लगानीकर्ताहरु सानो–सानो विषयमा पनि तरंगित हुँदा सेयर बजारमा उच्च उतारचढाव आएको ब्रोकरहरु बताउँछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो समय सामाजिक सञ्जालमा हुने सानो–सानो विषयका कारण लगानीकर्ताहरुले छिटो निर्णय लिने गरेका छन् । टीएमएसमा आफै कोल्याट्रल लोड गरेर सेयर किनबेच गर्न सक्ने सुविधा पनि रहेको छ । त्यसैले अहिले सेयर कारोबार गर्न लगानीकर्ताहरुले ब्रोकरलाई सम्पर्क गर्न आवश्य पनि पर्दैन । जसको कारण सेयर बजारमा एकै दिनमा सय अंक भन्दा बढीको उतारचढाव आउने गरेको एक ब्रोकरले बताए ।

अहिले सामाजिक सञ्जालमा प्राविधिक, राजनीति तथा आर्थिक विषयको निकै चर्चा हुन थालेको छ । सामाजिक सञ्जालमा आएका विषयवस्तुलाई आधार मानेर लगानीकर्ताहरुले आफ्नो कारोबारको निर्णय लिने गरेका छन् ।  

पछिल्लो समय प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले फेसबुकमा गर्ने गरेको पोष्टले बजार प्रभावित पारिरहेको आरोप लगानीकर्ताले लगाउन थालेका छन् । बस्यालले प्राविधिक रुपमा एबीसी चक्र चल्दै गरेको सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका छन् । नागरिक स्टक डिलर कम्पनीमा भेटिएक केही लगानीकर्ताहरुले बस्यालकै स्टाटसका कारण बजार घटेको आरोप लगाउन भ्याए । अर्को एक ब्रोकर कालिक सेक्यूरिटिजमा भेटिएका लगानीकर्ताहरुले पनि प्राविधिक विषयबस्तु देखाएर आज बजार घटाइएता पनि दशैं अघि बजारमा पुनः एकपटक बाउन्सब्याक आउने दाबी गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.