काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल(को लिलामीमार्फत बिक्रीमा राखिएको १ करोड बढी कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको थियो ।