शुक्रबार, मंसिर ७,२०८१ 11:31:23
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 11:31:23
IME remit
Global IME Bank Limited

दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प

Hyundai Nepal
दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प
Nabil Bank Limited

काठमाण्डौं । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने निश्चित प्रायः बनेको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो ।  

यससँगै हाल सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको कन्त विजोग हुने भएको छ । हाल ६ महिनादेखि परीक्षणमा रहेको भनिएको नयाँ टीएमएस उक्त ब्रोकर बाहेक अन्य कुनै पनि ब्रोकरबाट अगाडी बढेको छैन ।  

Bizshala
Shivam Cement
CG Motors

ब्रोकरहरुबीच टीएमए ल्याउने कुन कम्पनी छान्ने भन्ने विषयमा बिबाद थियो । त्यहि विषयमा बिबाद यथावत् रहँदा नयाँ टीएमए आउन सकेको छैन । नेप्से स्रोतले अब उक्त टीएमएस चलाउने सेक्योर्ड सेक्युरिटिज एक्लो ब्रोकर हुन सक्ने पनि दाबी गर्यो । यसै विषयमा बुझ्दा नयाँ टीएमस ल्याउने नेतृत्व गरेका सन्तोष मैनालीले अन्य ब्रोकरहरुले नयाँ टीएमस माग्न नआएका गोलमोटल प्रतिक्रिया दिए ।  

केही ब्रोकरले भने धितोपत्र बोर्डमा अध्यक्ष नभएको कारण रोकिएको जबाफ पनि दिए । तर एक ब्रोकरले भने ब्रोकरहरुबीच नै बिबाद हुँदा अब उक्त नयाँ टीएमसको नयाँ विकल्प खोजिरहेको बताए ।  

हालको टीएमएसबाट धोका पाए पछि ब्रोकरहरुले २०७७ साल माघ महिनामा नयाँ टीएमएसको लागि धितोपत्र बोर्डबाट एपीआई पोलिसी पाएका थिए । त्यसपछि ३३ वटा ब्रोकरबाट प्रति ब्रोकर ११ लाखका दरले पैसा उठाइएको पनि थियो । केहि ब्रोकरले त वाइको कम्पनीले नै नयाँ टिएमएस ल्याउन नदिईरहेको आरोप समेत लगाएका छन् ।  

नयाँ टीएमएस आएपछि आफ्नो व्यवसाय खोसिने डरले वाइकोले नयाँ टीएमएस रोक्न विभिन्न हत्कन्डा अपनाईरहेको ब्रोकर बताउँछन् । एक ब्रोकरले भने,‘नयाँ टीएमएस त हामीले पनि मिडिया तिरबाट मात्रै सुन्न पाएका छौ । हालसम्म पनि टेस्टिङकै फेजमा चलेको नयाँ टीएमएसलाई वाईको कम्पनीले नै रोकेको हो । हामीले पनि नयाँ ब्रोकरलाई रोक्ने प्रयास गरेकै हो । ’

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.