काठमाण्डौ । आज नेप्से परिसूचक ९० अंकले घट्दा करिब १३ अर्बको सेयर कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज पनि बजारले बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ ।
यस अघि पनि बजारले गत भदौ १२ गते मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको थियो । योसँगै सोमबारको १२७ अंकको बढोत्तरी, डेढ क्याट बाउन्स भएको पुष्टि भएको छ । बजारले यहाँ डेली बेसमा इभिनिङ स्टार प्रकृतिको प्याट्रन पनि बनाएको देखिन्छ । यस अघि बजारले स्पिनिङ टप प्रकृतिको क्याण्डल बनाएको थियो । यसलाई पनि आजको क्याण्डलले भ्यालिड गरेको छ ।
यस हिसाबले बजारलाई इन्डिकेटरबाट र क्याण्डल स्टिकबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर चलेको देखिन्छ । आरएसआई हाल न्यूट्रल जोनमा चलेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दवाब देखिन्छ ।
हाल बजार अल्पकालमा करेक्सन देखिएता पनि हालको बजार दीर्घकालका लागि भने बुलिस नै रहेको छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा आज २७४० मा बन्द भएको बजारले अब घटेमा २७००, २६६० र २६०० विन्दुमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने २८२२, २९०० र ३००० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोट:सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।