मंगलवार, असार ३,२०८२ 06:21:14
  • मंगलवार, असार ३,२०८२ 06:21:14
Global IME Bank Limited

भारतमा डिम्याट खाताको संख्या रुस, मेक्सिको र जापानको जनसंख्या भन्दा बढी पुग्यो

Hyundai Nepal
भारतमा डिम्याट खाताको संख्या रुस, मेक्सिको र जापानको जनसंख्या भन्दा बढी पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । भारतमा डिम्याट खाता खोल्नेको संख्या पहिलोपटक १७ करोड भन्दा बढी पुगेको छ । अगस्ट महिनामा मात्रै भारतमा ४२.३ लाख नयाँ डिम्याट खाता खुलेको छ ।  

नयाँ तथ्यांकअनुसार भारतमा डिम्याट खोल्नेको कुल संख्या १७ करोड ११ लाख पुगेको छ । जुलाई  महिनामा पनि ४४.४४ लाख नयाँ डिम्याट खाता खुलेको थियो । सन् २०२३ को अगस्ट महिनामा भने जम्मा ३१ लाख नयाँ डिम्याट खाता खुलेको भारतीय मिडियाले जनाएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै भारत सबैभन्दा धेरै डिम्याट खाता भएको नवौं ठूलो देश बनेको छ । भारतको डिम्याट खाताको संख्या रुस, इथियोपिया,मेक्सिको र जापानको कुल जनसंख्या भन्दा धेरै पुगेको छ । यस्तै भारतमा खुलेको डिम्याट संख्या बंगलादेशको कुल जनसंख्याको हाराहारी हो ।  

डिम्याट संख्या १६ करोड पुगको २ महिनापछि भारतले यस्तो उपलब्धि हासिल गरेको हो । सन् २०२३ पछि भारतमा थप ६ करोड नयाँ डिम्याट खाता थपिएका छन् । सन् २०२४ मा मात्रै ३ करोड १८ लाख नयाँ डिम्याट खाता थपिएका छन् । जुन सन् २०२३ को एक वर्षमा  खुलेको ३ करोड १० लाखको तुलनामा बढी हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.