सोमबार, असार २,२०८२ 03:57:02
  • सोमबार, असार २,२०८२ 03:57:02
Global IME Bank Limited

सेबी अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीको आन्दोलन

Hyundai Nepal
सेबी अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीको आन्दोलन
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर बजार नियामक,‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’की अध्यक्ष माथवी पुरीको राजीनामा माग गर्दै सेबीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।  

सेबीका २ सय जना कर्मचारीले पुरी लगायतका उच्च व्यवस्थापकको राजीनामा माग गर्दै मुम्बईमा रहेको सेबी मुख्यालयमा आन्दोलन गरेकान हुन् । कर्मचारीहरुले सेबीका उच्च व्यवस्थापनले काम गर्न दबाब दिने गरेको भन्दै आन्दोलन गरेको बताएका छन् । गत महिना सेबीका कर्मचारीहरुले यस विषयमा वित्त मन्त्रालयलाई पत्र लेखेको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्मचारीहरुले सेबी नेतृत्वले कठोर शब्द प्रयोग गर्ने, अवास्तविक टारगेट दिने र माइक्रोम्यानेजमेन्टको आरोप लगाएका छन् ।  

कर्मचारीले यस्तो आरोप लगाएपछि सेप्टेम्बर ४ मा सेबीले कर्मचारीलाई बाहिरी तत्वले उचालेको आरोप लगाएको  छ । मंगलबार भारतीय मिडिया जीका संस्थापक सुभाष चन्द्राले सेबीकी अध्यक्ष माधवी पुरीमाथि पक्षपात,भ्रष्टाचार र अनैतिक व्यवहारको आरोप लगाएका थिए ।  

हिन्डनबर्गले पुरीमाथि अडानी ग्रुपलाई फाइदा पुर्याउने गरी काम गरेको आरोप लगाएका बेला पुरीमाथि कर्मचारीले नयाँ आरोप लगाएका छन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.