काठमाण्डौ । अर्थतन्त्रमा मडारिएको सम्भावित खतराका कारण अमेरिकी सेयर बजारमा आएको गिरावटले बिहिबार पनि निरन्तरता पाएको छ । बिहिबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० सूचक ०.३ प्रतिशतले घटेको छ ।
यो गिरावटसँगै एस एण्ड पी ५५०३ विन्दुमा सीमित बनेको छ । यस्तै डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि २१९.२२ अंकले घट्दै ४०७५५ विन्दुमा झरेको छ ।
नास्डक कम्पोजिट भने ०.२५ प्रतिशतले बढेर १७१२७ विन्दुमा पुगेको छ ।
हालै प्रकाशित आँकडा अनुसार जुलाई महिनामा अमेरिकामा रोजगारी घटेको देखिएको छ । जुन सन् २०२१ पछिकै खराब अवस्था हो । घट्दो रोजगारीले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने त्रासका कारण लगानीकर्ताले सेयरको बिक्री बढाउँदा अमेरिकी सेयर बजार दबाबमा परेको छ ।