काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आव २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको हालको चुक्तापूँजी ११ अर्ब ७६ करोड रुपैयाँबराबर रहेको छ ।