सोमबार, असार २,२०८२ 09:20:17
  • सोमबार, असार २,२०८२ 09:20:17
Global IME Bank Limited

जापानमा जागिर त्याग्न समेत कर्मचारीहरुले किन तिरिरहेका छन् पैसा ?

Hyundai Nepal
जापानमा जागिर त्याग्न समेत कर्मचारीहरुले किन तिरिरहेका छन् पैसा ?
Nabil Bank Limited

काठमाण्डौ । जागिरबाट बाहिरिन पनि निकै संघर्ष गर्नुपर्छ भन्ने विषय नेपाल जस्तो काम पाउनै मुश्किल पर्ने देशका वासिन्दाका लागि अनौठो लाग्न सक्छ । तर जापानका कामदारहरुलाई भने जागिरबाट बाहिरिन पनि संघर्ष गर्नुपर्ने अवस्था रहेको छ ।  

यस्ता कामदारहरुलाई जागिरबाट उन्मुक्ति दिन जापानमा नयाँ कम्पनीहरुले सेवा दिन सुरु गरेका छन् । यी कम्पनीहरुले कर्मचारीलाई काम छाड्न सहयोग गर्ने गर्छन् । यसका लागि एक्जिट र अल्बाट्रोस जस्ता कम्पनीले सेवा दिईरहेका छन् । यसका लागि कम्पनीले २० हजार येन लिने गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी कम्पनीहरुले कर्मचारीहरुको रोजगारदातालाई सम्पर्क गरेर कर्मचारीका तर्फबाट राजीनामा र अन्य प्रक्रियाहरु गरिदिन्छन् । एक्जिट कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । यो कम्पनीले प्रत्येक वर्ष १० हजार कर्मचारीलाई राजीनामा दिन सहयोग गरिरहेको छ ।  

जापानमा कामदारहरुलाई काम त्याग्न निकै नै कठिन रहेको छ । कामदारहरुले काम नछाड्न रोजगारदाताहरुबाट निकै दबाब झेल्ने गर्छन् । रोजगारदाताहरुले कर्मचारीको राजीनामापत्र च्यातेर उनीहरुलाई बेइज्जत समेत गर्ने गरेको इकोनोमिक टाइमले लेखेको छ ।  

खस्कदो काम गर्ने वातावरण,कठोर मालिक,ओभरटाइमको पैसा नपाउनु, समयमै तलब नपाउनु र दबाबर तनावपूर्ण वातावरणमा काम गर्नु पर्ने भएकाले जापानमा काम त्याग्ने कर्मचारीहरुको संख्याा निकै बढेको रिपोर्टमा उल्लेख छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.