काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा देखिएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.१९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी ११ करोड ११ लाख रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीको वित्त आम्दानी भने १ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन आम्दानी भने २८ करोड ७० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले २५ करोड रुपैयाँ कर्जा लिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १४.१९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७०.०३ र मूल्य आम्दानी अनु्पात २०.५७ गुणा ऋणात्मक अवस्थामा रहेको छ ।