• बिहीबार, भाद्र २६,२०८२ 04:10:21
Global IME Bank Limited

दराज नेपालद्वारा ‘९.९ वार्षिक उत्सव अभियान’को घोषणा,उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

Hyundai Nepal
दराज नेपालद्वारा ‘९.९ वार्षिक उत्सव अभियान’को घोषणा,उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

काठमाण्डौ । अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोडबराबरको भौचर सुविधा प्राप्त गर्न सक्नेछन् ।  

भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई  किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अभियानअन्तर्गत खरिदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रुपैयाँबराबरका उत्पादनहरूको  खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भौचरहरु संकलन गर्न सक्नेछन् ।  

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा  सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६०% सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।  

त्यसैगरी, दराज एपमा दैनिक रुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.